सशस्त्र प्रहरीकाे सक्रियतामा ९ लाख बराबरको खसी बरामद


-उदय सिंह श्रेष्ठ

नेपालगन्ज – नेपालगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व गुल्मले ९ लाख बराबरको खसी बरामद गरेको छ । बुधबार सूचना पाएको आधारमा चोरी बाटो हुँदै बसभित्र खसी ल्याई रहेको र भारतबाट चराउने बहानामा नेपाल ल्याइरहेको अवस्थामा दुई पटक गरी ९ लाख बराबरको ५७ खसी बरामद गरेको हाे ।

चोरी बाटो हुँदै अवैध खसी ओसारपोसर गर्न सहयोग गर्ने खसीसहित बसलाई जफत गर्ने बताइएको छ । चोरी बाटो हुँदै भन्सार छलेर अवैध सामान आयात भइरहेको बिषयमा मिडियाबाट समाचार बाहिर आएपछि अहिले भन्सार कार्यालय र सशस्त्र प्रहरी बल सक्रिय रूपमा खटिएका छन् । चोरी बाटो हुँदै सामान आयातको बिषयमा राजस्व गुल्मका सशस्त्र प्रहरी नायब उपरिक्षक निरान्कर नाथ शुक्ला हिजोआज चोरी बाटोमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement