परिवारका सदस्यलाई कोरोना संक्रमण भएपछि स्वास्थ्यमन्त्री होम क्वारेन्टाइनमा


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकालको परिवारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परिवारका सदस्यमा कोराना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेको छन् ।

मन्त्री ढकालले परिवारका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले केही दिन अगाडि आफ्नै परिवारका सदस्यलाई कोरोना संक्रमण भएपछि घरबाटै मन्त्रालयको काम हेरिरहेको बताए ।

संक्रमित ति व्यक्ति काठमाण्डुमा जागिर गर्दै आएको बुझिएको छ । मन्त्री ढकालले संक्रमितको अवस्था सामान्य रहेको बताए ।

‘घरबाटै मन्त्रालयको काम गरिरहेको छु । पाँच दिनपछि पिसिआर परीक्षण गराएर घरबाहिर निस्कन्छु’, मन्त्री ढकालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement