पाकिस्तानविरुद्ध चम्केका भारतका ब्याट्सम्यान श्रीलंकाका बलरसामु फ्लप


काठमाण्डु-  एसिया कप सुपर–४ मा श्रीलंकाविरुद्धको खेलमा भारतका ब्याट्सम्यान फ्लप भएका छन् । भारतका ब्याट्सम्यानहरुले श्रीलङ्काका स्पिनरसामु कुनै सफलता पाउन सकेनन् ।

सोमबार भएको खेलमा भारतका ब्याट्सम्यानले पाकिस्तानी बलरलाई चुटेका थिए । श्रीलङ्काका स्पिनर बलरहरूका अगाडि भने भारतका शीर्ष ब्याट्सम्यानहरू फ्लप भए। कप्तान रोहित शर्माले मात्रै उत्कृष्ट अर्ध शतक बनाए पनि उनी बाहेक अन्य ब्याट्सम्यानले ठुलो इनिङ खेल्न सकेनन् ।

शुभमन गिलले १९, इशान किशनले ३३ र केएल राहुलले पनि ३९ रन बनाएर आउट भए । युवा स्पिनर दुनिथ वेलालागे र चरिथ असलंकाको उत्कृष्ट बलिङसँगै भारतले श्रीलंकालाई २ सय १४ रनको मध्यम लक्ष्य दिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २ सय १३ रनमा अल आउट भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement