काठमाण्डु- आइसिसी विश्वकप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । आइतवार नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा भएको फाइनल खेलमा भारतलाई हराउदैँ अष्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अलआउट भएको थियो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य ओपनर ट्राभिस हेडले सानदार शतकमा अष्ट्रेलियाले सजिलैसँग पुरा गरेको हो ।
४७ रनमा ३ विकेट झारेर भारत खेलमा हाबी हुन खोजेपनि हेडले उत्कृष्ट ब्याटिङ प्रर्दशन गर्दै अष्ट्रेलियाको जितको आधार खडा गरेका थिए । हेडले १ सय ३५ रनको शानदार शतक बनाए । उनले १५ चौका र ४ छक्काको मदातले सो रन बनाएका हुन् । उनले चौथों विकेटका मार्नस लाबुसेनसँग मिलेर १ सय ९२ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरेका थिए ।
अहमदाबादमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १० विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।
केएल राहुलको ६६ रनको विराट कोहलीले ५४ रन बनाएका थिए । कप्तान रोहित शर्माले ४७, सुर्यकुमार यादवले १८, कुलदीप यादवले १०, सुभमन गिल र श्रेयश अय्यरले समान ४, रविन्द्र जडेजाले ९, मोहमद सामीले ६ र जसप्रीत बुम्राहाले १ रन बनाएका थिए । मोहमद सिराज ९ रनमा अविजित रहे ।
अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट झारे । ग्लेन म्याक्सवेल र एडम जम्पाले समान एक एक रन बनाए ।
प्रतिक्रिया