भारतलाई ट्रम्पले दिए १ अर्व बराबरको तोप


 एजेन्सी – ट्रम्प प्रशासनले मंगलबार भारतलाई १ अर्ब डलरको एमके–४५ तोप बिक्री गर्ने  फैसलालाई स्वीकृति दिएको छ ।

यी तोपले भारतीय नौसेनको क्षमतामा वृद्धि गराउने अपेक्षा भारत सरकारले गरेको छ । रक्षा सुरक्षा सहयोग एजेन्सीले अमेरिकी संसदलाई बताए अनुसार प्रस्तावित सम्झौताको मूल्य १ अर्ब डलर रहेको छ ।

एमके–४५ तोपको प्रयोग युद्धपोत, तट तथा लडाकु विमानमा बम खसाल्नका लागि प्रयोग हुनेछ । रक्षा सुरक्षा सहयोग एजेन्सीले जारी गरेको सूचना अनुसार बीएई सिस्टम ल्यान्ड एन्ड आर्मामेन्ट्सले बनाउने यी हतियारको प्रस्तावित बिक्रीबाट शत्रुको हतियारबाट भविष्यमा हुने संकटसँग जुध्नका लागि सहयोग मिल्नेछ ।

एमके–४५ गन सिस्टमबाट भारतलाई अमेरिका तथा अन्य सम्बद्ध बलसँग अन्तरक्षमता बढाउनुका साथै एन्टि सर्फेस  युद्ध तथा एन्टि–एयर रक्षा मिसन सञ्चालन गर्ने क्षमतामा वृद्धि गराउनेछ । यसको सहयोगबाट भारत क्षेत्रिय खतरासँग जुध्न तथा आफ्नो भूमिको रक्षा गर्न सक्षम हुनेछ । यो प्रस्तावित बिक्रीबाट क्षेत्रको सैन्य सन्तुलनमा पनि परिवर्तन आउने जारी सूचनामा उल्लेख गरिएको छ ।

यद्यपि ट्रम्प प्रशासनद्वारा दिइएको यो सूचनाको अर्थ सम्झौता मंजुर भइसकेको नलाग्ने बताइएको छ । सम्झौता तय हुनका लागि यसलाई कानुनी मंजुरी मिल्न पनि आवश्यक हुनेछ । हालसम्म अमेरिकाले यी तोप अस्ट्रेलिया, जापान तथा दक्षिण कोरियालाई मात्रै बिक्री गरेको छ र थाइल्यान्डलाई पनि उन्नत संस्करण दिएको छ । यसका अतिरिक्त अमेरिका बेलायत तथा क्यानडा जस्ता मित्र मुलुकलाई पनि यी तोप बिक्री गर्ने तयारीमा रहेको छ । यदी यो सम्झौतालाई कानुनी स्वीकृति मिल्यो भने भारतीय नौसेनाको क्षमतामा विशेष बढोत्तरी हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement