भारतमा डुवानमा परेका नेपालीलाई देवेन्द्र साउदको नेतृत्वमा राहत वितरण


पुना – हालै भारतको महाराष्ट्र राज्य पुनामा आएको भीषण बर्षाको कारण सयौं नेपालीका बासस्थान डुबानमा परेका छन् ।

डुबानमा परेका नेपालीहरुलाई प्रगतिशील नेपाली समाज भारतका भाईचारा विभाग प्रमुख देवेन्द्र साउदको नेतृत्वमा सयौंको संख्यामा डुबान प्रभावित नेपालीहरुलाई राहत तथा उदारकार्य भएको छ ।

मजदुरीका लागि हजारौंको संख्यामा नेपालीहरु पुणामा कार्यरत रहेको समाजसेवी देवेन्द्र साउदले जानकारी दिए । उनले थप राहत तथा उदार कार्यको लागि भारतभरि छरिएर रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाई विषेश सहयोगको लागि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement