भारतमा रहेका नेपालीहरूलाई दूतावासले भन्यो- सुरक्षा सम्बन्धी निर्देशन पालना गर्नु

भारतमा रहेका नेपालीहरूलाई दूतावासले भन्यो- सुरक्षा सम्बन्धी निर्देशन पालना गर्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली राजदूतावास नयाँ दिल्लीस्थितले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ ।

भारत पाकिस्तान तनावलाई मध्यनजर दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भारत सरकारको आधिकारिक निकायबाट जारी भएका निर्देशनहरूको पालना गर्न आग्रह गरेको हो ।

यस्तै कुनै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।