भारतले लिएको जम्मु–कश्मीर निर्णयबारे नेपाललाई ब्रिफिङ


एजेन्सी – भारतका विदेश सचिव विजय शेखर गोखलेले मोदी सरकारको पछिल्लो निर्णयबारे नेपाललाई जानकारी गराएका छन् ।

मंगलबार भारतको विदेश मन्त्रालयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा सचिव गोखलेले भारतले जम्मु–कश्मीरका सम्बन्धमा लिएको पछिल्लो निर्णयबारे नेपाललाई औपचारिक जानकारी गराएका  राजदूत आचार्यले जानकारी दिए ।

भारतले जम्मु–कश्मीरलाई अलग राज्यको मान्यता खारेज गर्ने निर्णयको पक्षमा समर्थन जुटाउने प्रयासस्वरुप नेपाललाई ब्रिफिङ गरिएको हाे । भारतले अनुच्छेद ३७० खारेज गर्ने सम्बन्धी प्रस्ताव राज्य सभामा पेस गरेकै दिन सोमबारदेखि अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन पहल सुरु गरेको थियो ।

साथै भारतले जम्मु–कश्मीरको निर्णय आफ्नो आन्तरिक मामिला भएको भन्दै त्यससम्बन्धमा प्रतिक्रिया जनाउन अन्तर्रा्ष्ट्रिय समुदायलाई आग्रह समेत गरेको छ ।

जम्मु-कश्मीरको विषयमा अमेरिका र चीनलगायतका मुलुकले औपचारिक प्रतिक्रिया जनाइसके पनि नेपालले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकाले भारतको निर्णयलाई आन्तरिक भनेको छ भने चीनले भने विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement