भारतमा लिची खाँदा ४७ जना बालबालिकाको मृत्यु


एजेन्सी – भारतमा लिची खाँदा ४७ जना बालबालिकाको मृत्यु भएको छ । सीएनएनका अनुसार उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ ।

बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो

स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ । रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन ्।

अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार लिचीमा त्यस्तो प्रकारको रसायन हुन्छ, जुन लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ । जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ । विहारका स्वास्थ्य अधिकारकर्मी सञ्जयकुमारले भने, ‘मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो । बालबालिकाको मृत्यु हुनुमा लिचीको भूमिका छ भन्ने हाम्रो शंका हो । तर यो पनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ । लिची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन ।’

बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए ।

मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement