काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी निर्माण, लोकतान्त्रिक सङ्घर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता तथा पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीलाई गुमाउनुपर्दा मर्माहत भएको बताएका छन् ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीबेरअघि संयुक्तरूपमा शोक वक्तव्य जारी गरेर स्वर्गीय अधिकारीले मुलुकको परिवर्तन र रूपान्तरणको अभियानमा पु¥याउनुभएको योगदानको उच्च सम्मान गरेका हुन् ।
दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूले नेता अधिकारीकी जीवनसँगिनी सविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायत परिवारका सदस्यहरू र आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
ओली र प्रचण्डले एक संयुक्त शोक वक्तव्य जारी गर्दै अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छन् ।
साथै, शोकको यस घडीमा उनकी जीवनसंगिनीसविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायतका परिवारका सदस्यहरु र आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
शोक व्यक्तव्य
प्रतिक्रिया