बाढीपीडित परिवारले राज्यबाट राहत र सहयोग पाएनन् : सांसद् पराजुली

बाढीपीडित परिवारले राज्यबाट राहत र सहयोग पाएनन् : सांसद् पराजुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकको अवस्था र तिनका परिवारले पाउनुपर्ने राहतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पराजुलीले लामो समय बितिसक्दा पनि पीडित परिवारले राज्यबाट पाउनुपर्ने राहत र सहयोग नपाएको गुनासो गरे ।

‘भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकबारे सरकारले हालसम्म ठोस निर्णय लिन नसकेको उनको भनाइ छ । उनले भने, ‘सरकारको यही गैरजिम्मेवारपनका कारण पीडित परिवारहरू राहत पाउनबाट वञ्चित भएका छन् । म तत्काल निर्णय लिएर पीडित परिवारको व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद पराजुलीले भोटेकोसी बाढीलाई केवल एउटा जिल्लाको समस्याका रूपमा मात्र नहेर्न सरकारलाई आग्रह गरे । बाढी गएको स्थान अन्तर्राष्ट्रिय नाकासँग जोडिएको उल्लेख गर्दै उनले यसबाट मुलुकको ठूलो भूगोल प्रभावित भएको बताए ।

‘यो केवल एक जिल्लाको मात्र समस्या होइन, भोटेकोसी बाढीबाट मुलुकका ६२ वटा जिल्ला प्रत्यक्ष रूपमा प्रभावित भएका छन्,’ उनले भने ।

सांसद पराजुलीले बाढीपीडित र बेपत्ता भएका नागरिकका परिवारको जीविकोपार्जनका लागि स्पष्ट कार्यविधि बनाएर तत्काल सहयोग वितरण गर्न सरकारसँग माग गरे ।