भारतस्थित पन्जावमा २ रेलले किच्दा ६० बढीको मृत्यु


पन्जाब – भारतको पन्जाबस्थित अमृतशहरमा गुडिरहेका दुईवटा रेलको चपेटामा परेर ६० जना भन्दा बढीको मृत्यु भएको छ । सांझ साढे ६ बजे रेलवे ट्रयाक नजिकै रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको भातीय सञ्चार माध्यमले जनाएको छ।

पठानकोटबाट अमृतसरतर्फ आईरहेको दुइवटा रेलसंग मानिसहरु ठोक्किएका थिए । जालंधर-अमृतसर एक्सप्रेसका रेल जोड़ा फाटक (गेट) बाट गइरहेको बेला नजिकै जलिरहेको रावणको पुतलाबाट जोगिन भागखौड मच्चिएको थियो ।सोहीबेला अर्को रेल समेत उक्त ट्रयाकमा आएपछि मानिसहरु आत्तिन पुगेको र भागदौड मच्चिएको समाचारमा उल्लेख छ ।

अमृतसरमा यतिखेर हाई अलर्टको घोषणा गरिएको छ । रेलवे रोड नजिकै रामलीलाको अन्तिम दिन रावणको पुत्ला दहन भईरहेको थियो । पांच सात सय दर्शक पुत्ला दहनको आनन्द लिईरहेको बेला पटाका विष्फोट हुन थालेपछि दर्शकहरु टाढा भाग्न खोजेको बेला रेल आएको थियो ।

मृतकको संख्या अझै बढ्न सक्ने पञ्जाब प्रहरीले बताएका छन् ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनको घटनाप्रति ट्वीटर मार्फत दुःख व्यक्त गरेका छन् ।अहिले उद्दार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement