काठमाण्डु- भारतको केरलामा जिका भाइरस भेटिएको छ । त्यहाँकी एक गर्भवती महिलामा जिका भाइरसको सङ्क्रमण पुष्टि भएको हाे ।
भारतीय सञ्चारमाध्यमका अनुसार सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएकाे हाे । पछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो ।
१९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ । लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ ।
प्रतिक्रिया