गोठालो हुँ भन्दै भैंसीमाथि चढेर उम्मेदवारी दर्ता गर्न पुगेपछि…


एजेन्सी – सुन्दा तपाईँलाई अचम्म लाग्न  सक्छ ।  भारतमा एक जना पञ्चायत चुनावका लागि फरक तरिकाले उम्मेदवारी गर्ता गर्न पुगेका छन् ।

भारतको बिहार राज्यको पञ्चायत चुनावका लागि कटिहार जिल्लाको रामपुरका आजाद आलम उर्फ गुड्डू आइतबार भैंसीमाथि चढेर उम्मेदवारी दर्ता लागि पुगेका हुन् ।

“म एक गोठालो हुँ । गरिब किसान हुँ । पेट्रोल, डिजेल किन्न सक्दिनँ । सवारीको कुनै उपाय नभएपछि भैंसीमा चढेर आएको हुँ,” उनको भनाइ उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार माध्यमहरूले लेखेको छन् ।  उनले आफूले जितेमा किसान, मजदुर तथा गरिबका लागि काम गर्ने बताएका छन् ।

भैंसीमाथि चढेर आएको देखेपछि सुरक्षाकर्मीहरूले उनलाई रोकेका थिए । भारतीय सञ्चारमाध्यमले भने जनता र मिडिया ‘अटेन्सन’का लागि उनले भैंसीमा चढेर उम्मेदवारी दर्ता गर्न पुगेको दावी गरेका छन् ।

उनी रामपुर पञ्चायतको मुखिया पदका लागि उम्मेदवारी दर्ता गर्न पुगेका थिए । बिहारमा यही सेप्टेम्बर २४ देखि डिसेम्बर १२ सम्म ११ चरणमा पञ्चायत चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement