रक्षामन्त्री-भारतिय राजदूत भेटः सैन्य सहयोग जारी राख्ने प्रतिवद्धता


काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलसंग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलवार भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्त रुपमा नै विकास हुंदै गएको बताए ।

मन्त्री पोखरेलले नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पु¥याउंदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दैे आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा व्यक्त गरे ।

राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा सांस्कृतिकरुपमा पनि मजबुत रहेको चर्चा गरेका थिए ।

राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पु¥याएको अन्र्तराष्ट्रिय योगदानको सराहना गर्दै  सेनाको क्षमता अभिवृद्धिका लागि तालीम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement