काठमाण्डु – प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार वैशाख २४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ।
प्रदेश सरकारले २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियो।
यस अवसरमा भक्तपुरको दूधपाटीबाट भक्तपुर दरबार क्षेत्र-दत्तात्रेय-कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म र्याली गरिने छ ।




प्रतिक्रिया