सिंहदरबारको भ्रष्टाचार गाउंगाउंमा पुगिरहेको छ : डा. भट्टराई


लुम्बिनी – नयां शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउंगाउंमा पुगिरहेको बताउनुभएको छ । पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिंदै संयोजक डा.भट्टराईले उक्त कुरा बताउनुभएको हो । ’हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउंगाउंसम्म पुग्नुपर्ने हो,’ उहांले भन्नुभयो, ’तर अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउाँंउंसम्म पुगिरहेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नयां शक्तिले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायां सरकार चलाउने बताउनुभयो । उहांले समृद्धिको नारा नयां शक्तिको भए पनि यसको कार्यान्वयन गर्न सरकारमा पुग्नुपर्ने भएकोले तत्कालको लागि प्रचारात्मकरुपले अभियान लैजाने बताउनुभयो । ’समृद्धि हाम्रो नारा हो तर, हाम्रै नेतृत्वमा कार्यान्वयनको अवस्था अहिले रहेन,’ उहांले भन्नुभयो, ’हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायां सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं ।’

उहांले नयां शक्तिले जितेको ठाउंमा छुट्टै विभाग बनाएर मोडेल काम गर्ने कार्ययोजना ल्याउने बताउनुभयो । फागुन ९ बाट लुम्बिनीमा सुरु भएको नयां शक्तिको संघीय परिषद्को चौथो विस्तारित बैठक शनिबार सम्पन्न हुनेछ । बैठकले १५ जनाको विज्ञ परिषद, ३५ जनाको संरक्षक समिति र १०१ जनाको कार्यकारी समिति बनाउने निर्णय गरेको छ । बैठक समापनपछि लुम्बिनीमा बुद्धको जन्मस्थलमा गएर लुम्बिनी संकल्प गर्ने र बुटवलमा पत्रकार सम्मेलन गरेर बैठकको समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement