चितवन– प्रहरीले जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–११, थाकलटारका ४५ वर्षीय आइतसिंह लामा छन् ।
चितवन प्रहरी प्रवक्ता डिएसपी चन्द्रभूषण यादवका अनुसार लामालाई आइतबार बिहान करिब ३ः१५ बजे निवासबाटै पक्राउ गरिएको हो । लामाको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
गैँडा शिकारीको कसुरमा दोषी ठहर भई १५ वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवाना तोकिएका लामा गत २४ भदौमा भरतपुर कारागारबाट फरार भएका थिए ।
प्रहरीले लामालाई कारागारको जिम्मा लगाउने तयारी गरेको छ ।




प्रतिक्रिया