सामाजिक सुरक्षा भत्तालाई सक्नेले स्वेच्छिक त्याग्न सरकारको आह्वान

सामाजिक सुरक्षा भत्तालाई सक्नेले स्वेच्छिक त्याग्न सरकारको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा भत्ता (वुद्धभत्ता समेत) स्वेच्छिक छाड्न आह्वान गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ नारा दिएका छन् ।

आर्थिक अवस्था मजबुत भएकाहरूले पनि उमेर वा आरक्षित समुदायकै आधारमा मात्रै सामाजिक सुरक्षा भत्ता लिने गरेकोमा आर्थिक अवस्था मजबुत भएकालाई स्वेच्छिक रूपमा त्यस्तो सुविधा त्याग्न आह्वान गरिएको छ ।