नेपालको दोस्रो विकेट गुम्यो, १७ बलमा ७ रन बनाएर भीम सार्की आउट


काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको दोस्रो विकेट गुमेको छ ।

नेपाली खेलाडी भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भएका छन् । रविन्द्र जडेजाको बलमा उनी आउट भएका हुन् ।

नेपालले १६ ओभरमा २ विकेट गुमाएर ७७ रन बनाएको छ ।

हालसम्म नेपालका कुशल भुर्तेल आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement