‘क्यानमाथि विश्वकपमा नेपाललाई हराउन लागेको आरोप छ, छानबिन गरेर कारबाही गर्नुपर्छ’

‘क्यानमाथि विश्वकपमा नेपाललाई हराउन लागेको आरोप छ, छानबिन गरेर कारबाही गर्नुपर्छ’


काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमाथि लागेको आरोपबारे छानविन हुनुपर्ने माग संसदमा उठेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद भीम आचार्यले क्यानको नेतृत्वमाथि आर्थिक अपचलनदेखि नेपाललाई नै हराउन लागेको आरोप लागेकाले त्यसको छानविनका लागि आयोग गठन गर्न माग गरेका हुन्।

क्यानमाथि लागेको आरोप नेपालको शीर निहुराउने खालको भएकाले छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै उनले जिताउन लाग्नुपर्ने क्यानको नेतृत्वले राम्रो खेलाडीलाई हटाएर किन टिम बनायो ? भन्दै भनेर प्रश्न गरेका छन् ।
टी-२० विश्वकपमा सपोर्टिङ स्टाफ भनेर गएका १० जनामा डाक्टर अनिवार्य हुनुपर्नेमा अर्कै मान्छेलाई सहभागी गराएर क्यानले अस्वीकार गरेपछि नेपालको प्रतिष्ठामा आघात पुगेको पनि उनले बताए।

त्यस्तै अवैध रूपमा जर्सी अमेरिका लगेर नेपालीहरुलाई महँगोमा बिक्री गरी त्यो रकम पनि हिनामिना गरेको आरोप क्यान नेतृत्वमाथि रहेको उनले बताए।

‘आइसिसी टी २० प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र क्यानमाथि लागेको आरोप नेपालको शीर निहुराउने खालका भएकाले छानबिन आयोग बनाएर सरकारले यथाशिघ्र छानबिन गरोस् र दोषीमाथि कारबाही गरोस्। जिताउन लाग्नुपर्ने क्यानको नेतृत्वले राम्रो खेलाडीलाई हटाएर किन टिम बनायो ?’, उनले भने,‘क्यानको नेतृत्वले नेपाललाई नेपालीको बेइज्जत गरेको, आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन होइन हराउन भूमिका खेलिरहेको, खेलाडीहरूलाई शीर निहुराएर हिँड्नुपर्ने स्थिति बनाएको, खेलाडीको गुनासो छ । ’

सांसद आचार्यले सन्दीप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरिएका कारण उनले भीषा नपाएको दाबी गरेका छन्।