मेरो कोरोना जाँच्नु पर्दैन, सुरक्षागार्डको सम्पर्कमा आएकाको परीक्षण गरौंः भीम रावल


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले कोरोना संक्रमित आफ्ना सुरक्षा गार्ड एक महिनादेखि बिदामा रहेको बताएका छन् ।

सशस्त्र प्रहरीका जवान रहेका २७ वर्षीय ती युवा श्रीमती बिरामी भएको भन्दै छुट्टीमा थिए । उनले पूर्वमन्त्रीसमेत रहेका रावललाई फोन गरेर श्रीमती निको भएको र अब काममा फर्किने बताएका थिए । तर, नेता रावलले कोरोना परीक्षण गरेर मात्र आउन भनेका थिए ।

‘एक महिनाअघि नै उनी श्रीमती बिरामी भइन् भन्दै छुट्टी लिएका थिए । श्रीमतीलाई सन्चो भएको भनेर काममा फर्कीन मलाई फोन गरेका थिए । मैले कोरोना ाजँच गरेर आउ भनेपछि उनमा कोरोना देखियो’, उनले भने, ‘मेरो कोरोना परीक्षण भइरसक्यो । तर, उनी बसोबास गर्दै आएको क्षेत्रका मानिसहरुको कोरोना जाँच गर्नूपर्छ भनेर मैले माग गरिसकेको छु ।’

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको बताईएको छ ।

त्यस्तै हिजो काठमाडौंमा एक र भक्तपुरमा अर्को जना नर्सलाई कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement