भीम रावल र विष्णु रिमालबीच जुहारीः सामान्य शिष्टाचार सिकेको छु !


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सामाजिक सञ्जालमा जुहारीमा उत्रिएका छन् ।

बुधबार बोलाइएको स्थायी समिति नेता रावलका सुरक्षागार्डलाई कोरोना लागेका कारण स्थगित भएको आरोप विष्णु रिमालले लगाएपछि रावल प्रतिकारमा उत्रिएका हुन् ।

रावलले आफ्ना सुरक्षागार्ड एक महिनादेखि छुट्टीमा रहेको र आफूमा पनि कोरोनाको संक्रमण नपाइएको बताएका थिए । तर, रिमालले एक अनलाईनसँग कुरा गर्दै भीम रावलका सुरक्षागार्डलाई कोरोनाको संक्रमण भएकाले स्थायी समिति बैठक बस्नु परेको बताएका थिए ।

रिमालले नेता रावलको ट्वीमा रिट्वीट गर्दै कसैको सचिवालयका विषयमा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् ।

‘रावल कमरेड, मैले तपाई वा तपाईंको सचिवालय या सरक्षाकर्मीका बारेमा केही टिप्पणी गर्नु आवस्यकै छैन । पार्टी केन्द्रीय कार्यलयका सचिवद्वयले प्रेषित गर्नु भएको सूचनामा जे लेखिको थियो, बैठक स्थगित गर्नाको त्यही नै आधिकारिक कारण होला’, उनले भनेका छन् ।

उनले बैठक राख्ने आधिकारिक मान्छे आफू नभएको र आरोप किन लगाएको भन्दै प्रश्न गरेका छन् ।
त्यस्तै उनले सहकर्मीसँग कस्तो व्यवहार गर्ने भन्ने आफ्ना गुरुले सिकाएको भन्दै रावललाई शिष्टाचार नभएको आरोप लगाएका छन् ।

‘बैठक राख्ने वा रोक्ने म आधारिक व्यक्ति पनि हैन । यो आरोप, प्रत्यारोप किन र के का लागि ? होला यहॉको जत्तिको महान ‘मति र बुद्धि’ म मा नहोला तर, उही पार्टीका सहकर्मीसंग कस्तो व्यबहार गर्ने सामान्य शिष्टाचार मेरो गुरूहरूले सिकाउनु भएको छ’, उनले भनेका छन् ।

रिमालले नेता रावल अरुबाटै निर्देशित भएर आलोचनामा उत्रिएको आरोप पनि लगाएका छन् ।

उनले लेखका छन्, ‘हरेक विषयमा अनावश्यक मानिसलाई घिसारी सार्वजनिक बहस खडा किन गर्दै हुनुहुन्छ, मैले बुझेको छैन । विगतमा मैले चिनेको कमरेड रावल त यस्तो हुनुहुन्न थियो, यी टिप्पणी तपाईँ कै हुन् या तपाईँका टीमका कोही सौम्य र मतिवान मानिसहरूबाट यी काम भइरहेका छन् ?’

उनले अन्त्यमा सार्वजनिक बहसमा अल्झिने फुर्सद नभएको बताएका छन् । ‘माफ गर्नु होला, मलाई यहॉसंग सार्वजनिक बहसमा अल्झिने ईच्छा, रहर वा फुर्सद केही पनि छैन् । यहॉका ‘शालिन’ सार्वजनिक प्रतिक्रियाले वास्तविकतामाथि भ्रम पार्छ की भनेर मात्र यत्ति लेखेको हुँ । धन्यवाद, लाल सलाम !’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement