भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण


काठमाडौँ – नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement