एमसीसीबारे मेरो अडान परिवर्तन हुँदैनः भीम रावल


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपाका नेता डा. भीम रावलले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)मा आफ्नो अडान परिवर्तन नभएको दाबी गरेका छन्

सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेता रावलले एमसीसीबारे नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा पनि परिमार्जनसहित पास हुनुपर्ने मत रहेको बताए ।

‘भीम रावलले एमसीसी अनुमोदन गर्न सहमति जनायो भन्ने समाचार गलत र दूराशयपूर्ण छ । एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदनमा पनि नेपालको हीत र कानून विपतिका सम्झौताका प्रावधान परिमार्जन र संशोधन गरेर मात्र अनुमोदन गर्न मिल्ने भन्ने मेरो धारणा थियो’, उनले भनेका छन् ।

नेता रावलले नेपालको स्वाभिमानसँग जोडिएको विषयमा कसैसँग सम्झौता नहुने बताएका छन् । त्यस्तै उनले भ्रममा नपर्न पनि सबैमा आग्रह गरेका छन् ।

‘त्यसमा म कायम छु । प्रतिवेदनमा पनि त्यही छ । यस्तो तथ्यलाई नबंग्याउन सबैलाई हार्दिक आग्रह गर्दछु । नेपालको सर्वाभौमसत्ता, स्वतन्त्र स्वाधीनता, अखण्डता र स्वाभिमान विपरित कसैसँग सम्झौता हुन सक्दैन । त्यस्तो कसैले गरेर मानिदैन’, उनले भनेका छन् ।

एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदनमा के छ ?

नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरसनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ ।

उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।

मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदनउपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।

प्रतिक्रिया दिनुहोस
Advertisement