काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कारबाही गरेको छ ।
भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले थापालाई एक वर्षका लागि साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।
थापालाई पार्टीको विधान, नियमावली, पद्धती र मान्यताको उल्लंघन गरी, पार्टी कार्यालय तोडफोड र गुन्डागर्दी गरेको भन्दै कारबाही सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै बैठकले पार्टीको विधानविपरित, अनाधिकृत रुपमा अवैध र अराजक काम कुराबाट भ्रमित नहुन र प्रतिवाद गर्न पार्टीपंक्तिलाई निर्देशन समेत दिइएको प्रदेश कमिटीले जनाएको छ ।




प्रतिक्रिया