भीमफेदी दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत


मकवानपुर – हेटौँडा-कुलेखानी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६, जुरिखेतमा बिहीबार मिनिबस दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराका २५ वर्षीय शेख अरमान र ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ, मकवानपुरका ४३ वर्षीय मदन विश्वकर्मा, पर्साका ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत, बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा र नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने रहेका छन् । मृतक एकजनाको सनाखत हुन बाँकी छ ।

गम्भीर घाइते चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अरू २१ जनाको हेटौँडा अस्पतालमा उपचार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement