काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भूसालले कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन् ।
माघ ४ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि उनलाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी तोकिएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ को नियम ५(ग) बमोजिम भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ ।
गत पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढेको छ । नयाँ प्रमुख नियुक्त भएर नआउँदासम्म डा. भूसालले नै जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।
प्रतिक्रिया