बालेनको २०० तोला सुनको स्रोत खोज्दै भीष्मराजले भने- म र प्रधानमन्त्रीबाट सम्पत्ति छानबिन सुरु होस्

बालेनको २०० तोला सुनको स्रोत खोज्दै भीष्मराजले भने- म र प्रधानमन्त्रीबाट सम्पत्ति छानबिन सुरु होस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत खोजेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको झन्डै दुई सय तोला सुन देखिएको भन्दै स्रोत खुलाउन माग गरे।

‘हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो। सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नामै लिन्छु र भन्छु सम्पत्ति छानबिनको सुरूआत म विपक्षी नेता भीष्मराज आङ्देम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस्। पाँचथरको उम्लाबुङ (नवमीडाँडा) स्थित तीनघरे, सिलौटी र फुङ्सिङको पाखोबारीको छानबिन होस्। प्रधानमन्त्रीजीको झन्डै २०० तोला सुनको पनि छानबिन होस्।’

प्रधानमन्त्री बालेनले दायाँबायाँ गरेर सुन आर्जन गरे भन्ने आफूलाई विश्वास नभएको भन्दै उनले भने ‘तर तपाईंलाई मत दिएका मतदाताहरूले परबाट सोधिरहेका छन् आम्मामा…त्यत्रो धेरै सुनको स्रोत के होलारु कहाँबाट आयो होला ? त्यसैले प्रधानमन्त्रीजी छानबिन गरौं।’