सरकार फिल्डमा नभई सामाजिक सञ्जालमा मात्रै देखियो : भीष्मराज आङदेम्बे

सरकार फिल्डमा नभई सामाजिक सञ्जालमा मात्रै देखियो : भीष्मराज आङदेम्बे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको राम्रो काममा साथ र समर्थन गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले यस्तो बताएका हुन् ।

‘बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन ररु प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ तरु जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो।’ उनले भने ।सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु यो प्रचार होइन, प्राण बचाउने समय हो। नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला। अहिले सबभन्दा बढी खट्किएको विषय खोज र उद्धार नै हो।’

उनले बाढीपछि आफू र आफ्नो दलले प्रभावित क्षेत्र पुगेर स्थलगत अवलोकन गर्नुका साथै प्रधानमन्त्री र सभामुखलाई समेत जानकारी गराएको बताउँदै विपद्को क्षणमा उद्धार,राहत र पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य भएको बताए । आङदेम्बेले भने, ‘विपद्को क्षणमा उद्धार,राहत र पुनर्स्थापनामा जुट्नु सबैको साझा कर्तव्य हो’‘नेपाली कांग्रेस सरकारको साथमा छ, विपद्को पीडा भोगिरहेका परिवारको साथमै छौँ ।’

यस्तै उनले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताए। उनले सरकार सामाजिक सञ्जालमा अल्झिएको भन्दै फिल्डमा भन्दा फेसबुकमा मात्रै देखिएको बताए।