ज्वाइँले गरे सासू-ससुरा, पत्नी र सालाेकाे हत्या

ज्वाइँले गरे सासू-ससुरा, पत्नी र सालाेकाे हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए ।

लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।

अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

राजेन्द्र राई भन्ने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४/५ किलोमिटर दुरीमा पर्दछ ।

उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।