प्रहरीद्वारा विप्लवका कार्यकार्तामाथि गोली प्रहार,एक जना घाइते


काठमाडौं – भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो ।

गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । प्रहरीले चलाएको गोलीबाट चन्दका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

धोत्लेखानी जंगलमा हतियारसहित ३०र३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाइरहेको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement