प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह

प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को २ दिने भारतको राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण निर्माण गरेको उल्लेख गरेका छन् ।

उनले दक्षिण एसियामा राजनीतिक स्थायित्व कायम गर्न छिमेकी मुलुकहरूबीच उच्च राजनीतिक तहमा आत्मीय सम्बन्ध, विश्वास र विभिन्न क्षेत्रमा सघन सहकार्य आवश्यक रहेको बताए ।

शाहका अनुसार नेपाल र भारत असल तथा घनिष्ठ छिमेकी मुलुक हुन् । २ देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन राजनीतिक तहको संवादसँगै सांस्कृतिक, आर्थिक तथा अन्य साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्नु महत्त्वपूर्ण छ ।

प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २ दिने राजकीय भ्रमणका लागि भारत गएका थिए ।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता तथा द्विपक्षीय छलफल भएको थियो ।