भोटेकोसी र सुनकोसी नदीमा बाढीको खतरा, सतर्क रहन प्रशासनको आग्रह

भोटेकोसी र सुनकोसी नदीमा बाढीको खतरा, सतर्क रहन प्रशासनको आग्रह


काठमाण्डु– जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोसी र सुनकोसी नदीमा बाढीको खतरा रहेको भन्दै तल्लो तटका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको र त्यसले नेपालका यी दुई नदिमा बाढी आउने भन्दै बासिन्दालाई सूचित गरेको हो ।

बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आगामी असार ७ गतेसम्म सावधानी अपनाउन आग्रह गरेको छ ।

चीनको प्रहरी कार्यालयबाट भोटेकोशी नदी बग्ने तिब्बत क्षेत्रमा भारी वर्षा हुने संभावना रहेको सूचना प्राप्त बताएको छ।