भोटेकोशी र इन्द्रावतीमा बाढी

भोटेकोशी र इन्द्रावतीमा बाढी


काठमाण्डु-सिन्धुपाल्चोकको भोटेकोशी र इन्द्रावती याङ्ग्री नदीमा बाढी आएको छ । भोटेकोशी नदीको बाह्रविसे जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा बस्नेलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै इन्द्रावती याङ्ग्री नदी जल मापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन भनिएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।