भोटेकोशी बाढी : टनेलमा फसेका सातसहित १२३ जनाको सकुशल उद्धार

भोटेकोशी बाढी : टनेलमा फसेका सातसहित १२३ जनाको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनाले बिहीबार बिहान मात्र भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये १२३ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्।

विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाण्डु ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याउने तयारी भइरहेको सेनाले जनाएको छ।

यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको पनि जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा भने उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

यस्तै, टिमुरे क्षेत्रमा बेपत्ता भएका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरिएको छ। उनीहरूलाई हेलिकप्टरमार्फत काठमाण्डु ल्याउने क्रम जारी रहेको सेनाले जनाएको छ।

नेपाली सेना तथा अन्य सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।