काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृतकको संख्या बढ्दै गएको छ ।
नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म दिएको विवरण अनुसार विभिन्न जिल्लाबाट कुल ४६९ जनाको शव फेला पारिएको छ।
फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेकाे छ।
रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढीमा परेर घाइते तथा उद्धार गरिएकाहरूको संख्या एक हजार ५४५ पुगेको छ। यसमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा तीन जनाको उद्धार भएको छ। साथै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या ८४ रहेको छ।
हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म चार हजार ३४८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।





प्रतिक्रिया