भोटेकोशी गाउँपालिकालाई चीनको सहयोग

भोटेकोशी गाउँपालिकालाई चीनको सहयोग


सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा विपद पूर्व तयारी तथा प्रतिकार्यको लागि चीन सरकारले आवश्यक सामग्री प्रदान गरेको छ

चीनको सिज्याङ स्वायत्त क्षेत्रको सिगात्से शहर सार्वजनिक सुरक्षा ब्यूरोले भोटेकोशी गाउँपालिकालाई १ लाख ९९ हजार ४ सय ५० आरएमबी बराबरको विपद पूर्व तयारी तथा प्रतिकार्य सामग्री प्रदान गरेको हो । जसको नेपाली मूल्य ३७ लाख २३ हजार २ सय ११ रुपैयाँ हुन आउँछ । ब्युरोले पालिकालाई विपद पूर्व तयारी तथा प्रतिकार्य सामग्री अन्तर्गत ५० थान टेन्ट, ४० थान त्रिपाल, १ सय थान टर्चलाईट, २ सय जोर वर्षा जुत्ता, १ सय थान रेनकोट प्रदान गरेको छ ।

त्यस्तै आपत्कालीन बेड १५ थान, कम्बल १ सय थान, इलेक्ट्रिक जग १ सय थान, प्राथमिक उपचार उपकरणसहितको उपचार बक्स १५ थान ब्यूरोले पालिकालाई प्रदान गरेको भोटेकोशी गाउँपालिकाका पासाङ नुर्पु शेर्पाले बताए ।

चिनियाँ सार्वजनिक सुरक्षा ब्यूरोका अधिकारीहरुले पालिकामै आएर सो सामग्री हस्तान्तरण गरेका हुन् ।

‘भोटेकोशी गाउँपालिका प्राकृतिक विपद्को उच्च जोखिम भएको ठाउँ हो, यहाँ साना ठूला विपद्का घटनाहरू भइरहेका छन्,’ पालिका अध्यक्ष शेर्पाले भने, ‘सिगात्से सुरक्षा ब्यूरोले विपद्को बेला चाहिने अत्यावश्यक सामग्री हामीलाई सहयोग गरेको छ । जसलाई हामीले सहर्ष स्वीकार गरेका छौं ।’