काठमाण्डु – सरकारले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
मन्त्रिपरिषद् बैठकले तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।
साथै बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको हो ।
सबै मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के–के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि बैठकले निर्देशन दिएको छ ।
भाटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्ला प्रभावित भएका छन्।




प्रतिक्रिया