इरानमा शक्तिशाली भूकम्प


काठमाण्डु- इरानमा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । रिक्टर स्केलमा यसको ६.३ मापन गरिएको छ। यस क्रममा ५ जनाको ज्यान गएको थियो । १९ जनाभन्दा बढी घाइते भएको बताइएको छ । यसको धक्का पर्सियन गल्फ लगायत युएईमा पनि महसुस गरिएको थियो । अहिलेसम्म युएईमा कुनै क्षति भएको छैन ।

इरानको सरकारी टेलिभिजनका अनुसार भूकम्पको तीव्रता ६ दशमलव ३ म्याग्निच्युड रहेको छ । लगत्तै थप दुईवटा भूकम्प गएको छ । यसको केन्द्रविन्दु पोर्ट सिटीको बन्दरगाह नजिकै रहेको बताइएको छ, जुन जमिनबाट १० किलोमिटर गहिराइमा थियो।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु होर्मोजगान प्रान्तको बन्दरगाह सहर बन्दर अब्बासबाट १०० किलोमिटर टाढा थियो । भूकम्पको केन्द्रविन्दु नजिकै रहेको साईह खोशो गाउँमा पाँच जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement