अफगानिस्तानमा भूकम्प, १०० भन्दा बढीको मृत्यु


काठमाण्डु- अफगानिस्तानमा भूकम्पमा परेर १०० जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै भूकम्पमा परेर एक हजारभन्दा बढी घाइते भएका हुन् ।

खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर(पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् ।

कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन ।अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement