दैलेखमा भूकम्पको धक्का महसूस

दैलेखमा भूकम्पको धक्का महसूस


काठमाण्डु – दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार साँझ ५ः२० बजे दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पले हल्लाउँदा आसपासको क्षेत्रका सर्वसाधारण त्रसित बनेका थिए ।