लोकेश बम घाइते, ८ बलमा २ रन बनाएर भुर्तेल आउट


काठमाण्डु- दोस्रो टी-२० खेलमा वेष्ट इण्डिजविरुद्ध ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते भएका छन् । खुट्टामा समस्या भएपछि उनलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको हो ।

लोकेश रिटायर्ड हर्ट भएपछि उनको स्थानमा अनिल साह मैदान प्रवेश गरेका छन् । त्यस्तै ओपनर कुशल भुर्तेल आउट भएका छन् । ८ बलमा २ रन बनाउदै उनी क्याच आउट भएका हुन् ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालका लागि लोकेश र कुशल भुर्तेलको जोडीले ओपनिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement