भुटानी राजा आज आउँदै

भुटानी राजा आज आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक स्वदेश र्फितिका क्रममा आज काठमाडौं आउँदैछन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन् ।

करिब चार–पाँच घण्टाकोे ट्रान्जिटका अवसरमा राजा जिग्मेले काठमाडौंका केही स्थानको भ्रमण पनि गर्नेछन् ।

नेपाल आइपुग्ने बित्तिकै भुटानी राजा सिग्मे विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने छन् । त्यसपछि उनी बौद्धको भ्रमण गर्नेछन् ।

दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर स्वदेश फर्किने छन् । उनी नेपालमा रहँदा कुनै औपचारिक भेटघाटको कार्यक्रम छैन ।