भुटानी राजा काठमाडौंमा, परराष्ट्रमन्त्रीले गरिन् स्वागत

भुटानी राजा काठमाडौंमा, परराष्ट्रमन्त्रीले गरिन् स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-भुटानका राजा जिग्मे वाङचुक भारतबाट नेपाल आइपुगेका छन् । ड्रुक एयरको विमानबाट उनी १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।

भारत भ्रमण सकेर भुटानी राजा वाङचुक दिल्लीबाट सिधै काठमाडौं आएका हुन् । विमानस्थलमा भुटानी राजालाई परराष्ट्रमन्त्री डा. आरजु राणाले स्वागत गरिन् ।

उनले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य छन् ।

गृह मन्त्रालयले भुटानी राजाको उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।