साफ च्याम्पियनसिपमा भुटानसंग नेपालको शानदार जीत


काठमाडौं – बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले भुटानविरुद्ध ४ गोल गरेको छ ।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थापेको छ । मैदान छिरेको चौथो मिनेटमै नेपालकालागि भरत खवासले गोल गरेका छन् । मध्य भागबाट एक्लै बल अघि बढाउदै भरतले गोल गरेका हुन् । नेपालले खेलमा अग्रता २१ औ मिनेटमा अनन्त तामाङको गोलबाट लिएको थियो ।

सुनिल बलले कर्नर मार्फत प्रहार गरेको बललाई अनन्तले डिबक्सभित्रबाट हेड मार्फत उत्कृष्ट गोल गरेका हुन्। यस्तै नेपालकालागि ७१ औं मिनेटमा सुनिल बल, ७९ औं मिनेटमा भरत खवास र निर्धा्रित खेल सकिन २ मिनेट अघि निराजन खड्काले गोल गरेका हुन् । नेपालका विमल घर्तीमगरले ७० औं मिनेटमा पेनाल्टी मिस गरेका थिए।

आजको जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ । जितसँँगै नेपालको सेमिफाइनल सम्भावना कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement