भुटानी प्रकरणमा प्रहरी महानिरीक्षक कुंवर पनि जोडिए, छानविन गर्न चौतर्फी दबाव


काठमाण्डु – नेपाल प्रहरीका आइजिपी बसन्त कुवरमाथि समेत छानविन गर्न दबाव बढेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कुंवरले पनि अभियुक्तलाई बचाउन समन्वय गरेको भन्दै उनिमाथि छानविन गर्न दबाव बढेको हो ।

प्रहरीले यो प्रकरणमा आफ्नो अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । प्रहरीले बुझाएको प्रतिवेदनमा प्रहरी कुंवरको नाम संलग्न नगरिएपनि उनिमाथि छानविन गर्नुपर्ने प्रशस्त आधार भेटिएको प्रहरी स्रोत बताउंछ ।

प्रहरीको अपराध महाशाखाका प्रमुख हुंदै हाल प्रहरी महानिरीक्षक भएका कुंवरले सुरुदेखि नै पूर्व गृहमन्त्री बालकृष्ण खांड, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायामाझी र पूर्व गृहसचिव टोपनारायण पाण्डेलाई जोगाउन भुमिका खेलेका थिए । रायामाझीलाई त उनले भगाउन नै भुमिका खेलेको आरोप लागेको थियो ।

कुंवर अपराध महाशाखाको प्रमुख हुंदा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगि भएको उजुरी परेपनि उनले तत्कालिन गृहमन्त्री खांड र पाण्डेको दबावमा अनुसन्धान रोकेका थिए । त्यसकै परिणास्वरुप उनलाई डिआईजी बढुवामा १३ नम्बरबाट एक नम्बरमा ल्याइएको थियो ।

कुंवरलाई तत्कालिन गृहममन्त्री खांडले २०७८ पुस २२ मा एसएसपीमा बढुवा हुने वित्तिकै फेरी अपराध महाशाखा पठाएका थिए । अपराध महाशाखामा दाङका गजेन्द्र बुढाथोकी र राजकुमार रेग्मीले ठगि गिरोहका नाईके केशव दुलाल र टंक गुरुङविरुद्ध उजुरी दर्ता गरेपनि कुंवरले अनुसन्धान प्रक्रिया अघि बढाएका थिएनन् । त्यसमा गृह नेतृत्वको दबाव नै कारण रहेको बताइन्छ ।

उनिहरुले उजुरी नै नलिएपछि पछि काठमाण्डौं जिल्ला अदालतमार्फत २०७९ जेठ २८ मा मुद्दा दर्ता भएको थियो । प्रहरीको अपराध महाशाखाका प्रमुख मनोज केसीले यो प्रक्रिया आईजीपी धिरजप्रताप शाह विदामा बसेको र नयां आईजीपी नियुक्त नभएको बेलाको समयमा अघि बढाएका थिए ।

भुटानी प्रकरणमा संलग्नहरुको राजनीतिक पहुंच बुझेका केसीमाथि पनि यसमा अनुसन्धान नगर्न त्यो बेला चर्को दबाव रहेको स्रोत बताउंछ । तर, पछि यो प्रकरण बाहिर आएसंगै अफ्ठेरो परेको थियो । त्यसमा कूटनीतिक दबावले समेत काम गरेको स्रोतको दावी छ ।

प्रहरी महानिरीक्षक कुंवरले यो विचमा काठमाण्डौं प्रहरी प्रमुख कार्की र केसीलाई यो प्रकरणमा आफुलाई सबै अपडेट गराउन समेत निर्देश्न दिने गरेका थिए । तर, अनुसन्धानको क्रममा रहेकाले उनिहरुले सबै विषय प्रहरी महानिरीक्षकलाई समेत अपडेट नगराएको बताइन्छ । त्इसपछि प्रहरी महानिरीक्षक कुंवर दुवै अधिकृतसंग समेत असन्तुष्ट थिए ।

कुंवरको नेपाली कांग्रेसका धेरै उच्च तहका नेतासंग सम्र्पक थियो । त्यसैको बलमा उनि श्याम ज्ञवालीलाई पाखा लगाएर आईजीपी नियुक्त भएका थिए । ज्ञवालीको प्रधानमन्त्री पुष्पकमल दाहालसंग राम्रो सम्बन्ध थियो । तर, खांडकै जोडवलमा उनि प्रहरी महानिरीक्षक बनेका थिए ।

उपत्यका प्रहरी प्रमुख ज्ञवालीसंग कुवंरको सुरुदेखि नै राम्रो सम्बन्ध नभएकाले उनलाई झनै अफ्ठेरो परेको हो । आईजीपी कुंवरलाई खांड प्रक्राउबारे समेत थाहा थिएन । खांड प्रक्राउ पर्नुभन्दा पहिले कुंवर र केसीलाई खांडले फोन गरेर धम्की समेत दिएका थिए ।

तर, त्यसमा उपत्यका प्रहरी प्रमुख मात्रलाई जानकारी थियो । जवकी खांड भाग्ने तयारीमा रहेको सुचना प्रहरीलाई थियो । त्यही सुचनाका आधारमा प्रहरी उनको घरबाहिर रातभर तैनाथ थियो । खांडले एसएसपी केसीलाई त बढुवाको प्रतिसोध सांधेको हो भन्नेसम्मको प्रश्न गरेका थिए । तर,केसीले कानुन कार्यान्यन गर्नुपर्ने आफ्नो दायित्व भएको जवाफ दिएको स्रोत बताउंछ ।

अभियुक्तहरुलाई छोडेको, पछिल्लो समय उच्चपदस्थ जोगाउन दौडधूप गरेको र ठगि गिरोहका सदस्यहरुको बयान रोकेको र पूर्व गृहमन्त्रीको तर्फबाट आङटावा शेर्पालाई लेनदेन मिलाउन भेट्न दिने वातावरण बनाउन भुमिका खेलेकोलगायत आरोपमा कुंवरमाथि छानविन गर्नुपर्ने प्रशस्त आधारहरु देखिएका छन् । तर, उनलाई प्रहरी महानिरीक्षकमै राखेर त्यो सम्भव भने देखिंदैन ।

कुंवरले आरोपितहरुलाई उच्च पदस्थहरुलाई आरोपित गर्न थालेपछि वयान समेत रोक्न भुमिका खेलेको प्रहरी स्रोतको दावी छ । अहिले उनलाई कार्वाही गर्न राजनीतिक वृतमा समेत दबाव बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement