पर्यटनमन्त्री भेटेका भारतीय राजदूत क्वारेन्टाइनमा


काठमाण्डु – नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा होम क्वारेन्टाइनमा बसेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि राजदूत क्वात्रा क्वारेन्टाइनमा बसेका हुन् ।

राजदूत क्वात्रा र मन्त्री भट्टराईबीच शुक्रबार भेटवार्ता भएको थियो । मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement