विवेकशीलकी उपाध्यक्षसहित १३ जनाले गरे साझा एकतामा सहभागी नहुने निर्णय


काठमाण्डु – पार्टी एकताका लागि साझा र विवेकशीलका वार्तासमितिबीच एकता गर्ने सहमति गरेपछि विवेकशील नेपाल दलका उपाध्यक्षसहित १३ जना संघीय समिति सदस्यले साझासँगको एकतामा सहभागी नहुने निर्णय गरेका छन् ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईसहित १३ सदस्यले अब बन्ने विवेकशील साझा पार्टीमा सहभागी नहुने निर्णय गरेका हुन् । १३ जनाले बिहीबार संयुक्तविज्ञप्ति जारी गर्दै अब बन्ने विवेकशील साझालाई शुभकामना दिँदै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने बताएका हुन् ।

विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् । रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी साझा र विवेकशीलबीच एकता गर्ने सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement