आईजीपीद्वारा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

आईजीपीद्वारा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त भएका प्रहरी
अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई बिदाइ गरेका छन् ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबिच आईजीपी थापाले आचार्यलाई बिदाइ बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त भएका आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे ।आईजीपी थापाले आचार्यलाई मायाको चिनो समेत प्रदान गरे ।

कार्यक्रममा आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सुनाए ।

आचार्य वि.सं २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त भएका हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।